२०८१ भदौ ११ गते
काठमाडौँ । हिजो सार्वजनिक विदा पछी खुलेको शेयर बजारमा ठूलो अंकको पहिरो गएको छ । आज नेप्से परिसूचक १११ दशमलव ९६ अङ्कले ओरालो लागेर दुई हजार आठ सय ९४ दशमलव ५७मा बन्द भएको हो । बजार खुलेदेखिनै विभिन्न उतार चढाव व्यहोरेको नेप्से अन्ततः ३ दशमलव ८६ प्रतिशतले घटेको छ । यस अघिको कारोबार दिन आइतबार पनि नेप्से परिसूचक ७९ दशमलव ८९ अंकले घटेको थियो
यस दिन नेप्सेका १३ उपसमूहमध्ये एक मात्र उपसमूह बढेको छ भने अन्य सबै उपसमूह घटेका छन् । मंगलबार एक मात्र बढ्नेमा होटल तथा पर्यटन उपसमूह रह्यो जसको परिसूचक ०.४३ प्रतिशतले बढेको छ। यस दिन सबै भन्दा बढी घट्नेमा बैंक उपसमूह रह्यो जसको परिसूचक ४.९२ प्रतिशतले घटेको छ ।
यस दिन नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३३० वटा स्टकको दुई लाख ३४ हजार पटकको कारोबारमा १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको ४ करोड ३८ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा २० वटा कम्पनी बढेका छन् भने २२३ वटा कम्पनी घटेका छन् । त्यसै गरी एक कमपानीको शेयर भने स्थिर रहेको छ।
यस दिन सर्वाधिक बढ्नेमा तारा गाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र डोल्टि पावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा नेपाल फाइनान्स रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया