नेप्सेमा फेरी दोहोरो अंकको गिरावट, कारोबार रकम बढेर नौ अर्ब १२ करोड

२०८१ माघ १३ गते

नेप्सेमा फेरी दोहोरो अंकको गिरावट, कारोबार रकम बढेर नौ अर्ब १२ करोड

काठमाडौँ। साताको पहिलो कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १०. ४१ अङ्कले घटेर २६४३.९३ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.३९ प्रतिशतले घटेको हो ।

यस दिन नेप्सेको पाँच उपसमूहको परिसूचक बढेको छ भने अन्य आठ उपसमूहको परिसूचक घटेको छ। आज सर्वाधिक बढ्ने उपसमूहमा लघुबित्त उपसमूहको परिसूचक रह्यो जसको परिसूचक ० . ७५ प्रतिशतले बढेको छ।  त्यस्तै सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक ४.७६ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन सात अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ९४ हजार ८ सय १३ पटकको कारोबारमा नौ अर्ब १२ करोड रुपैयाँ बराबरको किनबेच भएको छ । जसमा ११६ कम्पनीका शेयर बढेका छन् भने १२१ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी छ कम्पनीका शेयर भने स्थिर रहेका छन् ।

आइतबार सर्वाधिक बढ्नेमा उपकार लघुवित्त र माथिल्लो मैलुंग खोला जलविद्युत रह्यो जसको शेयर सर्वाधिक दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा दोल्ती पावर, जानकी फाइनान्स, बोटलर्स नेपाल बालाजु र एनआइसी एसिया डिबेन्चर रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा यस दिन सर्वाधिक कारोबार हुनेमा सप्तकोशी विकास बैंक कम्पनी रह्यो जसको ३९ करोड ५३ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर रह्यो जसको चार लाख ११ हजार कित्ता शेयर किनबेच भएको छ।