नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम बढेर नौ अर्ब २० करोडभन्दा बढी

२०८१ माघ ०९ गते

नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम बढेर नौ अर्ब २० करोडभन्दा बढी

काठमाडौँ। मंगलबार नेप्सेमा उच्च अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ५२ . ३६ अङ्कले बढेर २६६५.४५ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः दुई प्रतिशतले बढेको हो ।

यस दिन नेप्सेका १३ वटै उपसमूहका परिसूचक बढेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा अन्य उपसमूह रह्यो जसको परिसूचक ४ . २४  प्रतिशतले बढेको छ। त्यसै गरी सबै भन्दा कम बढ्ने उपसमूहमा म्युचुवल फण्ड उपसमूह रह्यो जसको परिसूचक ०. ४९ प्रतिशतले बढेको छ।

नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि ह्वात्तै बढेको छ । अघिल्लो कारोबार दिन छ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ९० हजार छ सय ९६ पटकको कारोबारमा नौ अर्ब २० करोड रुपैयाँ बराबरको किनबेच भएको छ । जसमा १९६ कम्पनीका शेयर बढेका छन् भने ३७ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी नौ कम्पनीका शेयर भने स्थिर रहेका छन् ।

बुधबार सर्वाधिक बढ्नेमा दोर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ति पावर रह्यो जसको शेयर सर्वाधिक दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा बाराही  हाइड्रोपावर लिमिटेड रह्यो जसको शेयर ८.२१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलप्मेंट कम्पनी रह्यो जसको ६१ करोड ३६ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा निफ्राको शेयर रह्यो जसको पाँच लाख ५६ हजार कित्ता शेयर किनबेच भएको छ।