नेष्डो समृद्ध लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

२०८१ जेठ ०६ गते

नेष्डो समृद्ध लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

काठमाडौं । जेठ २५ गते  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ ।  पर्वतको रोयल कुश्मा रिसोर्टमा दिउँसो साढे १२ बजे सभा सुरु हुनेछ । सभामा यस कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै पनि प्रस्ताव पेश गरेको छैन ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व पर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गर्ने भएको छ । जेठ १७ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।