२०८१ असार २० गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले जनताको कुरा बोल्दा पार्टीले आफूलाई कारबाही गरेको बताउनुभएको छ । हिजो बसेको रास्वपाको केन्द्रीय समिति बैठकले अभद्र व्यवहार गरेको भन्दै ढकाललाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको थियो ।
'जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ," ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, बालहठ जस्तो होस्, अस्वभाविक लागोस्, वा अव्यवहारीक जनताले जसरी बताए त्यसरी नै बताइदिएँ ।"
सभापति रवि लामिछानेका कति कुरा गलत लाग्दा लाग्दै पनि उहाँले देश बनाउनुहुन्छ भनेर आफूले मानिदिएको ढकालले बताएका छन् ।
"२ वर्षदेखि सभापतिको कुरासाई किन गलत भनिनस् भनेर सोधिन्छ," उहाँले लेख्नुभएको छ, "मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ । कति कुरा गलत लाग्दा लाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केहि कुरा पेलेरै लागु गरिदिएँ । पेल्ने मान्छे म थिएँ, वा म केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडी अरु कोही थियो , त्यो आजको बैठकले छर्लङ्ग भएको छ ।"
प्रतिक्रिया