२०८० चैत १३ गते
काठमाडौँ । कार्गो जहाज ठोक्किँदा अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किएको छ । मंगलबार बिहानपख कार्गो जहाज ठोक्किँदा फ्रान्सिस स्कट किु पुल भत्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
कम्तीमा ७ वटा गाडी नदीमा खसेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।युट्युबमा पोस्ट गरिएको लाइभ भिडियोमा जहाजले पुललाई ठक्कर दिएको देखिन्छ । त्यसपछि पुलका केही स्पानहरू भत्किएका छन् ।
बाल्टिमोर सिटी फायर डिपार्टमेन्टलाई उद्धृत गर्दै सीएनएनले २० जनाको खोजी भइरहेको जनाएको छ । घटनापछि मेरिल्यान्डका गभर्नर वेस मुरले राज्यमा आपत्काल घोषणा गरेका छन् । अहिले नदीमा हराइरहेका व्यक्तिको खोजीका लागि गोताखर परिचालन गरिएको छ ।
प्रतिक्रिया