२०८१ पुस २५ गते
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालबीच चर्काचर्की परेको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा निर्णय सुनाउने क्रममा सांसद सुवालले आफ्नो मतलाई सभापतिले बेवास्ता गरेको भन्दै आक्रोशित भएका थिए । सो क्रममा दुवैबीच भनाभन भएको हो ।
सुवालले समितिमा अनुपस्थित सांसदको संयोजकत्वमा समिति बनाउन नहुने भन्दै आपत्ति जनाएका हुन् । बैठकले वायु सेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरि एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न समिति सदस्य शिशिर खनालको संयोजकत्वमा नेपाल वायुसेवा निगम अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको छ । खनाल आजको बैठकमा अनुपस्थित थिए । सुवालले अनुपस्थित व्यक्तिलाई समितिमा राख्न नहुने भन्दै आपत्ति जनाए । आफूले भनेका कुरा निर्णयमा समावेश नभएपछि सभापतिसँग झोक्किएका थिए ।
प्रतिक्रिया