२०८० फागुन ०८ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले फरक क्षमता भएका व्यक्तिहरुका लागि विशेष काउन्टर तोकी सेवा दिन भनेको छ ।
केन्द्रिय बैंकले आज एक एक सूचना जारि गर्दै ब्यवस्थामा भए बमोजिम बैंक तथा वित्तीय संस्थाहरुले ज्येष्ठ नागरिक र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिँदैसहज रुपले बैंकिङ सुविधा उपलब्ध गराउन बताएको छ ।
पाँचभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एक शाखा र एटीएम लाउन्ज भएका स्थानमा एउटा एटीएम अपांगमैत्री बनाउनुपर्ने र अपांगता भएका व्यक्तिलाई एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयंले उक्त सेवा उपभोग गर्न सक्षम रहेको यकिन गरी उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ।
प्रतिक्रिया