२०८१ जेठ ३० गते
काठमाडौं । प्रभु बैंकको १ लाख ६९ हजार ५३९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागेको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने जानकारी बैंकले दिएको छ । आवेदन बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा पेश गर्नुपर्नेछ । बैंकले पाँच संस्थापक शेयरधनीहरूको नाममा रहेको उल्लेखित कित्ता शेयर विक्री गर्न लागेको हो ।
प्रतिक्रिया