प्रचण्डले पाएनन् विश्वासको मत, ओली नेतृत्वमा नयाँ सरकार बन्ने

२०८१ असार २८ गते

प्रचण्डले पाएनन् विश्वासको मत, ओली नेतृत्वमा नयाँ सरकार बन्ने

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वास गुमाएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वास गुमाएका हुन् ।  बैठकमा उनले लिएको विश्वासको मतको  पक्षमा ६३ मत, विपक्षमा १९४ मत परेको हो।

दाहालले प्रतिनिधि सभाबाट शुक्रबार विश्वासको मत प्राप्त गर्न नसकेका कारण उनको नेतृत्वको सरकार ढलेको हो । अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने भएको छ ।

आज साँझदेखि नयाँ सरकार गठनको प्रकृया शुरु हुनेछ । प्रधानमन्त्री दाहालले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्नको लागि आव्हान गरेका छन् । उक्त आधारमा राष्ट्रपतिसँग नयाँ सरकार गठनको दावी गरिने र आइतबार भित्र नयाँ सरकारले पूर्णता पाइसक्ने छ ।