२०८० चैत ०९ गते
काठमाडौँ। इन्टरनेट प्रयोगकर्ताहरुका लागि वाइफाइ नेपालले हालसम्मकै सस्तो दरमा इन्टरनेट सुविधा बजारमा ल्याएको छ । व्यवसाय र व्यक्ति दुवैका लागि उच्च गतिको इन्टरनेट सेवा दिदै आएको इन्टरनेट सेवा प्रदायक कम्पनि वाइफाइ नेपालले ५० एमबिपिएस स्पीडको इन्टरनेट प्रति महिना ३३३ रुपैयाँ मा ल्याएको जनाएको हो ।
कम्पनीले उपलब्ध गराइरहेको सेवा हाल सेवाग्राहीले निकै नै रुचाएको कम्पनीको दाबि छ । विभिन्न फरक विशेषता र महशुल दर कम भएकाले यसप्रतिको सेवाग्राहीको आकर्षण बढ्दो छ । ८० एमबीपीएस स्पिडमा ५ सय रुपैयाँमा सेवाग्राहीले सेवा पाउनेछन् । कम्पनिले २४ महिने अफरमा ३१ प्रतिशत सम्म छुट दिइरहेको छ । कम्पनीका अनुसार कुनैपनि प्याकेजका लागि ग्राहकले वाइफाइ नेपाल डट कम डट एनपी वेबसाइटमा गएर इन्टरनेट जडानका लागि बुकिङ गराउन सक्नेछन्। त्येस्तै यो इन्टरनेट निम्न र मध्यम वर्गीय परिवारले पनि सहजै जडान गर्न सक्नेछन् ।
साथै वाइफाइ नेपालले होली उपहार योजना पनि सार्वजनिक गरेको थियो । जहाँ होलिका अविस्मरणीय तस्बिरहरू वाइफाइ नेपालले राखेको पोस्टको कमेन्ट बक्समा सेयर गर्न सकिने ब्यवस्था गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया