पुँजीबृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : अर्थमन्त्री पुन

२०८० चैत ०८ गते

पुँजीबृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले पुँजीबृद्धि र रोजगारी सिर्जनालाई सरकारले प्राथमिकतामा राखेको बताएका  छन् ।

प्रतिनिधिसभा, अर्थ समितिको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री पुनले कृषिको आधुनिकीकरण, उर्जाक्षेत्रको विकास र निर्यात, पुँजी वृद्धि र रोजगारी सिर्जनालाई  प्राथमिकतामा राखिएको बताए ।

मन्त्री पुनले आइसिटी क्षेत्रको विकास र विस्तार र सीपयुक्त जनशक्ति उत्पादनलाई बजेटले  प्राथमिकतामा राखेको बताए ।

बैठकमा सांसदहरुले  अलपत्र आयोजनाको निरन्तरता,कृषि क्षेत्रको आधुनिकीकरण,स्वदेशमै रोजगारी सिर्जना,शिक्षा स्वास्थ्य जस्ता आधारभूत मौलिक हकको कार्यान्वयन हुने गरी बजेट आउनु पर्नेमा जोड दिए ।

सांसद्हरुले अर्थतन्त्र शिथिल बन्दै गएको र जनतामा निराशा बढेको भन्दै  जनविश्वास कायम गर्ने गरी कार्यान्वयन योग्य योजना अघि सार्नु पर्ने बताए ।

रासस