पुटिनका प्रतिद्वन्द्वी नेता नाभाल्नीको जेलमा संकास्पद मृत्यु

२०८० फागुन ०४ गते

पुटिनका प्रतिद्वन्द्वी नेता नाभाल्नीको जेलमा संकास्पद मृत्यु

काठमाडौँ ।  रुसमा एक विपक्षी दलको नेताको जेलभित्रनै मृत्यु भएको छ । मृत्यु भएका नेता अलेक्सी नाभाल्नी राष्ट्रपति पुटिनका सबैभन्दा ठूला प्रतिद्वन्द्वी मानिन्थे । नेता नाभाल्नीलाई रुसको जेल माध्यमै खतरनाक जेल पोलर वुल्फमा कैद गरिएको थियो।

रुसमा राष्ट्रपतीय निर्वाचन हुनुभन्दा एक महिनाअघि नै नाभाल्नीको मृत्यु भएको हो । रूसमा मार्च १५ देखि १७ सम्म निर्वाचन हुनेछ। नाभाल्नीलाई २०२१ मा १९ वर्षको कैद सजाय सुनाइएको थियो।

दुई महिनाअघि डिसेम्बरमा उनी पोलर वुल्फ जेलमा थुनिएको खुलासा भएको थियो । यसअघि उनी लामो समयदेखि बेपत्ता थिए । उनलाई राखिएको आर्कटिक जेलमा तापक्रम २८ डिग्रीसम्म पुग्छ । उनलाई निर्वाचनबाट टाढा राख्न आर्कटिक जेल पठाइएको उनका वकिलले बताएका छन् ।

सन् २०२० मा फ्लाइटमा विष मिसाउने प्रयास

नाभाल्नीमाथि सन् २०१७ मा घातक हमला भएको थियो। आक्रमणबाट उनको आँखामा गम्भीर चोट लागेको थियाे । २०१८ मा, उनले राष्ट्रपति निवार्चन लड्ने काेशिष गरे तर धोखाधडीको आरोपका कारण सकेनन्। एलेक्सीले यसलाई सरकारको षड्यन्त्र भनेका थिए । २०१९काे जुलाईमा ठूलो विरोधको घोषणा गरेपछि नाभाल्नीलाई एक महिनाको लागि जेल पठाइएको थियो।

त्यतिबेला जेलमा उनको स्वास्थ्य बिग्रिएपछि नाभाल्नीलाई विष खुवाउने प्रयास भएको बताइएको थियो । त्यसपछि सन् २०२० मा पनि उनलाई विष खुवाउने प्रयास गरिएको थियो । उनी उडानका क्रममा अचेत अवस्थामा भेटिएपछि विमानको आकस्मिक अवतरण गराइएको थियो ।

जसपश्चात उनलाई अस्पतालमा भर्ना गरिएको थियो । निको भएपछि, नाभाल्नीलाई पक्राउ गर्ने धम्की पाए पनि २०२१ मा उनी रसिया फर्किए। रुस पुगेपछि सेनाले उनलाई पक्राउ गरेको थियो ।

युक्रेन युद्ध विरुद्ध नभाल्नी

नाभाल्नीले युक्रेन युद्धलाई लिएर जेलबाटै पुटिनविरुद्ध अभियान चलाएका थिए । सीएनएनका अनुसार अगस्टमा सजाय सुनाइएपछि नाभाल्नीले यी सजायले आफूलाई केही फरक नपर्ने बताएका थिए। सन् २०२३ मा रुसका एलेक्सी नाभाल्नीमाथि बनेको डकुमेन्ट्रीले ओस्कार अवार्ड जितेको थियो । यो वृत्तचित्रको नाम ‘नेवाल्नी’ हो ।

नाभाल्नीकी श्रीमती युलिया नवल्नाया अवार्ड लिन स्टेजमा पुगेकी थिइन् । यस क्रममा युलियाले भावुक हुँदै भनेकी थिइन्, "मेरो श्रीमान् जेलमा छन् किनभने उनले सत्य बोलेका छन् र लोकतन्त्र बचाउने प्रयास गरेका छन् । म त्यो दिनको पर्खाइमा छु जब तपाईं र हाम्रो देश स्वतन्त्र हुनेछ।"

नाभाल्नी वृत्तचित्रमा के छ?

अमेरिकी कम्पनी सीएनएन र एचबीओ मिलेर यो डकुमेन्ट्री बनाएका थिए । यस डकुमेन्ट्रीमा साइबेरियाको नाभाल्नीमा भएको घातक हमलादेखि रुस जाँदा र त्यहाँ पक्राउ परेको कथासम्म बताएकाे छ। वृत्तचित्रले रुसमा प्रजातन्त्र ल्याउन र पुटिनको विरुद्धमा नाभाल्नीको संघर्ष र यस अवधिमा उनले भोगेका कठिनाइहरू देखाउँदछ।

एजेन्सी