२०८१ मंसिर २० गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ४ अर्ब ३७ करोड रुपैयाँ निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन र कर्मचारी सुरक्षण कोषमा रहेकोे उक्त रकम मुद्दति निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ३ अर्ब ४९ करोड ६० लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६५ करोड ५५ लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा २१ करोड ८५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।
राष्ट्र बैंकले आगामी पुस २ गते देखि लागू हुनेगरी २०८२ पुस २ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित मंसिर २३ गते राती १९ बजेभित्र प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।
प्रतिक्रिया