२०८१ कात्तिक २२ गते
काठमाडौँ । अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । ट्रम्पको जितसँगै अमेरिकी डलर बलियो बन्दा कच्चा तेलको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । ब्रेन्ट बेन्चमार्कको कच्चा तेल ०.८१ प्रतिशत घटेर प्रतिब्यारेल ७४.९२ अमेरिकी डलरमा आइपुगेको छ । यस्तै डब्लूटीआई कच्चा तेल ०.४२ प्रतिशतले घटेर ७१.६९ अमेरिकी डलर प्रतिब्यारेलमा आइपुगेको छ ।
कच्चा तेलको मूल्यमा गिरावट आउँदा यसको प्रत्यक्ष फाइदा नेपालले समेत पाउनेछ । किनकि, नेपालको तेल बजार पूर्णरुपमा आयातमा निर्भर छ । पश्चिम एसियाली मुलुक (साउदी अरब, इरान, कतार, संयुक्त अरब इमिरेट्स र रुस) लगायतबाट भारतले कच्चा तेल किन्छ । र, प्रशोधन गरेर नेपाललाई प्रशोधित तेल बेच्छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य खुम्चिएमा नेपालले समेत सस्तोमा कच्चा तेल पाउनेछ ।
प्रतिक्रिया