२०८१ असार १८ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ बन्ने गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ।
मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले कांग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय हो ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको तर्क गरे । उक्त गठबन्धनले देशलाई राजनीतिक स्थायित्व पनि नदिने निष्कर्ष बैठकले निकालेको उनले जानकारी दिए ।
‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन । यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ । अब बन्ने गठबन्धनमा हामी सहभागी हुँदैनौँ’, बैठकपछि परियारले भने ।
एमाले माओवादीको वर्तमान गठबन्धनमा रास्वपा सभापतिको नेतृत्वमा उपप्रधान र गृहमन्त्रीसहितका मन्त्रालय लिएर सहभागी भएको थियो।
प्रतिक्रिया