२०८० चैत ०२ गते
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले म्यानेजमेन्ट कन्फरेन्स आयोजना गर्ने भएको छ । ‘इन्हान्सिङ क्वालिटी फर सस्टेनेबल बैंकिङ ग्रोथ’ का लागि एकदिने आरबीबीएल म्यानेजमेन्ट कन्फरेन्स २०२४ गर्न लागिएको बैंकले जनाएको छ ।
राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा उद्यमीहरुका बीचमा ब्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देश गर्न बैंकले चैत ३ गते उक्त कन्फरेन्स गर्न लागेको हो ।
कन्फरेन्समा अर्थमन्त्री वर्षमान पुन, सांसद डा। स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, अर्थ मन्त्रालयका सचिव ९राजश्व० डा। रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। प्रकाश कुमार श्रेष्ठ, बरिष्ठ बैंकर्स परशुराम कुंवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ संजिव सुब्बा, कमनसेन्स विज्ञ सुजिब शाक्य लगायतले आ–आफ्ना धारणा राख्नेछन् । जनाको उपस्थिति रहने बैंकले जनाएको छ ।
प्रतिक्रिया