रास्वपाका सभापति लामिछाने माथिको थुनछेक बहस सकियो, केहि समयपछि आदेश आउने

२०८१ माघ १३ गते

रास्वपाका सभापति लामिछाने माथिको थुनछेक बहस सकियो, केहि समयपछि आदेश आउने

रुपन्देही । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं रास्वपाका सभापति रबि लामिछाने माथिको थुनछेक बहस सकिएको छ ।

बिहीबार देखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरु भएको थुनछेक बहस आज सकिएको हो, अब केही बेरमा नै आदेश आउने जनाइएको छ ।

लामिछानेको तर्फबाट केही वकिलको बहस भने बाँकी रहेकाले आइतबार पनि उनी अदालतमा उपस्थित भएपछि बहस सुरु गरिएको थियो, लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेललगायतले बहस गरेर भ्याएका छन् । सरकारी वकिलले जवाफी बहस गरे पछि आदेश आउने सम्भावना बढेर गएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ ।