रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार,५१ लाख भन्दा बढी लुटपाट

२०८० चैत ०२ गते

रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार,५१ लाख भन्दा बढी लुटपाट

काठमाडौँ । रौतहटको परोहा नगरपालिका-९ खापचोकस्थितमा रहेको शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथी आपराधिक समूहले गोली प्रहार गरेको छ ।

आज दिउँसै तीन जनाको समूहमा आएका भारतीय आपराधिक समूहले उनको कन्चटमा गोली प्रहार गरेका छन् ।गोली प्रकारबाट घाइते भएका २६ बर्षीय साहलाई उपचारका लागि विरगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनको कन्चटमा गोली लागेको छ ।

मोटरसाइकलमा हतियारसहित तीन जना भारतीय लुटेराहरूले साहलाई धम्क्याउँदै करिब ५१ लाख भन्दा बढी लुटपाट गरेको बताइएको छ ।