२०८१ असोज ०६ गते
काठमाडौं । सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। पक्राउको तयारीपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।
पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा रास्वपाले उपत्यकाका पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयमा आउन भनेको हो । सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा छन् । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले रास्वपा सभापति लगायतलाई कारबाही सिफारिस गरेपछि गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले कार्यकर्ता बोलाएको हो ।
प्रतिक्रिया