२०८१ मंसिर ०२ गते
काठमाडौं । सहकारीको बचत अपचलन आरोपमा प्रहरीको अनुसन्धानमै रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौ जिल्ला अदालतले पनि पक्राउ गर्ने अनुमति दिएको छ । उनी सहित नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि काठमाडौंमा पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधिश शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जीका लागि अनुमति दिएका हुन् । पक्राउ पुर्जी जारी भएसँगै काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीहरुमाथि अनुसन्धान हुनेछ । काठमाडौं महानगरपालिकाको छानबिन प्रतिवेदनका आधारमा स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रवि र छविको संलग्नता देखिएको हो । लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । ठगी तथा सङ्गठित अपराधको अनुसन्धानका लागि भन्दै प्रहरीले कात्तिक २ गते लामिछानेलाई काठमाडौबाट गिरफ्तार गरी कास्की पुर्याएको थियो।
प्रतिक्रिया