रोयल इन्फिल्डको हन्टर टिकटक च्यालेन्जका तीन विजेतालाई १ लाखसम्मको पुरस्कार

२०८० कात्तिक २३ गते

रोयल इन्फिल्डको हन्टर टिकटक च्यालेन्जका तीन विजेतालाई १ लाखसम्मको पुरस्कार

काठमाडौं। रोयल इन्फिल्ड बाइकको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘हन्टर टिकटक च्यालेन्ज’ का विजेतालाई १ लाख रुपैयाँसम्म पुरस्कार दिएको छ।

कम्पनीले बिहिबार उक्त हन्टर टिकटक च्यालेन्ज जित्‍ने ३ जना विजेतालाई पुरस्कार रकम प्रदान गरेको हो। पोखराका पदम लामाले प्रथम भइ १ लाख, दोस्रो हुने पोखराकै स्मिता घिमिरेले ६० हजार र तेस्रो हुने हेटौंडाका रजक शाहीले ४० हजार रुपैयाँ पाएका छन्।

कम्पनीले युवा पुस्तालाई सोसल मिडियामार्फत हन्टर बाइकप्रति आकर्षित गर्न भन्दै असोज ६ देखि ३० गतेसम्म टिकटक च्यालेन्ज आयोजना गरेको थियो। टिकटक च्यालेन्जको उद्देश्य नयाँ मोडल हन्टर ३५० को बजार प्रवर्धन गर्नु रहेको कम्पनीले जनाएको छ।