रुरु जलविद्युतले गर्यो लाभांश प्रस्ताव र बुक क्लोज मितिको घोषणा

२०८० पुस ०२ गते

रुरु जलविद्युतले गर्यो लाभांश प्रस्ताव र बुक क्लोज मितिको घोषणा

काठमाडौँ । रुरु जलविद्युत परियोजनाको पुस १ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्ता पुंजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अब कम्पनीको साधारणसभाले पारित गरेको खण्डमा उक्त लाभांश शेयरधनीमा वितरण हुने छ । कम्पनीले पुस २५ गते साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।