रुसलाई लक्षित गर्दै युक्रेनद्वारा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण

२०८१ भदौ २५ गते

रुसलाई लक्षित गर्दै युक्रेनद्वारा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण

मस्को।  युक्रेनले रुसमाथि अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ । पटकपटक रुसले बम र गोला बारुद मार्फत हमला गरिरहेको युक्रेनले जवाफी फायर स्वरुप यो ठूलो आक्रमण गरेको बताइएको छ । आणविक शक्तिसम्पन्न राष्ट्र रुस माथि ड्रोन आक्रमण भएपछि अहिले त्यहाँ तनाब उत्पन्न भएको छ ।  युक्रेनले मस्को र पश्चिमी रूसमा मङ्गलबार अहिलेसम्मकै ठूलो ड्रोन आक्रमणमा गरेको हो ।  उक्त आक्रमणमा कम्तीमा एक महिलाको मृत्यु भएको छ भने दर्जनौं घर भत्किएका छन् ।

रुसी अधिकारीहरूका अनुसार मानवीय तथा भौतिक क्षती कम गर्नका लागि राजधानी मस्कोका प्रमुख एयरपोर्टहरू बन्द गरिएका छन् । रुसको हवाई प्रतिरक्षा प्रणालीद्वारा मस्को क्षेत्रमा कम्तिमा २० र अन्य आठ क्षेत्रहरूमा १२४ बढी ड्रोन नष्ट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ।

रुसको उड्डयन प्राधिकरण रोसाभिएट्सियाले आक्रमणपछि मस्कोका चारमध्ये तीन विमानस्थल हवाई यातायातका लागि बन्द गरिएको जनाएको छ। राजधानी जाने मुख्य सडक आंशिक रुपमा बन्द भएको छ । ड्रोन आक्रमणले मस्को क्षेत्रको रामेन्सकोए जिल्लामा कम्तीमा दुईवटा अग्लो अपार्टमेन्ट भवनमा क्षति पुर्‍याएको र फ्ल्याटमा आगो लागेको मस्कोका गभर्नर आन्द्रेई वोरोब्योभले बताएका छन्।