२०८० फागुन १५ गते
काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) ले आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
फागुन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया