साहस उर्जाले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा, बोनस वितरणलगत्तै हकप्रद शेयर निष्काशन गर्ने

२०८१ असोज ०२ गते

साहस उर्जाले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा, बोनस वितरणलगत्तै हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौँ । साहस उर्जा लिमिटेड (SAHAS) ले आफ्ना शेयरधनीहरुलाई दिने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

कम्पनीको साधारण सभा काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा कात्तिक ४ गते बिहानको ११ बजे हुँदैछ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापको तर्फबाट ४ जना तथा सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, परियोजनाको लागि लिइएको थप ऋण अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।