२०८१ मंसिर १० गते
काठमाडौँ। सामलिङ्ग पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पौष २ गतेलाई आव्हान गरेको छ । कम्पनीको छैठौं साधारण सभा ललितपुरको द ईन्ट्रान्स क्याफेमा हुनेछ ।
उक्त सभाले कम्पनीको वार्षिक साधारण सभामा पेश हुने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तथा कम्पनीको आर्थिक बर्ष ८०/८१ को लेखापरिक्षण प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन पारित गर्नेछ। त्यसका साथै लेखापरिक्षक नियुक्तिको लागि साधारण सभामा प्रस्ताव पेस गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया