२०८१ मंसिर ११ गते
काठमाडौ । कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले निक्षेप संकलन र कर्जा प्रवाह गर्न रोकेको छ । कर्णाली डेभलपमेन्ट बैंकको वित्तिय अवस्थामा समस्या देखिएको भन्दै केन्द्रिय बैंक्ले थप निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको हो । गत साउन ६ देखि ११ गतेसम्म गरेको निरिक्षणको प्रतिवेदन अुनसार बैंकले न्युनतम पुँजीकोष अनुपात कायम नगरेको, निस्क्रियकर्जा ४०.८५ प्रतिशत पुगेका जस्ता समस्या देखिएका छन ।
निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने सर्तमा आजैका मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाएको केन्द्रिय बैंकले भनेको छ । यस बैंकको ५० लाख २८ हजार ३ सय कित्ता सेयर दोस्रो बजारमा कारोबार हुने गरेको छ । एक कित्ता सेयरको मूल्य ७६५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया