२०८१ भदौ ०६ गते
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले खरीद गर्र्नृ पाउने गरी विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि असार २९ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ६४ हजार ९१९ कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको थियो ।
सो अवधिभित्र ४४ हजार ९१९ कित्ता शेयर खरीदका लागि मात्र आवेदन प्राप्त भएकाले बाँकी शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरूले आगामी सातदिनभित्र आवेदन पेश गुर्नपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन दिँदा आफूले खरीद गर्ने शेयर कित्ता र दरभाउ सहितको व्यहोरा खुलाउनुपर्ने भनाई समेत कम्पनीको छ ।
प्रतिक्रिया