सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाउने

२०८१ जेठ १७ गते

सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाउने

काठमाडौँ । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन प्रतीक्षारत क्रिकेटर सन्दीप सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाउने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाउने भएको हो ।

‘हामीले दूतावासलाई हिजो भिसा नोट पठाएका थियौँ, दूतावासले आज अन्तरवार्ताका लागि बोलाउँछौँ भनेको हो,’ मन्त्रालय स्रोतले भन्यो । यसअघि, लामिछानेलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको थियो ।