२०८० चैत ०२ गते
काठमाडौँ । सरकार परिवर्तनको प्रभाव हाल कायम विभिन्न आयोगहरुमा देखिन थालेको छ । सरकारमा सहभागी दल फेरबदल भएसँगै राजनीतिक नियुक्ती पाएका सरकारी आयोगका पदाधिकारीहरु पनि हट्ने र आउने क्रम चल्न थालेको छ ।
यसैबीच शुक्रबार राष्ट्रिय योजना आयोगका चार जना सदस्यहरुले राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा.आरपी विच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले छुट्टाछुट्टै राजीनामा दिएका हुन् । डा. अनिता शाह ढुंगाना अमेरिकामा रहेका कारण अमेरिकाबाटै राजीनामा दिएकी छिन् । उक्त रिक्त पदहरुमा एमालेको पुरानै टिम र रास्वपाको एक जना थपिने बताइएको छ ।
प्रतिक्रिया