२०८१ असोज ०१ गते
काठमाडौँ ।।सरकारले चालु आर्थिक वर्ष (२०८१/०८२) को २ महिनामा १ खर्ब ६६ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो भनेको सरकारले लिएको लक्ष्यको करिब १२ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्ष १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । गत वर्ष यसै अवधिमा सरकारले १ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।
गत वर्षको २ महिना भन्दा यो बर्षको २ महिनामा २५ अर्ब रुपैयाँले राजस्व बढेको हो । यो दुइ महिनामा कर राजस् १ खर्ब ४५ अर्ब रुपैयाँ उठाएको छ भने गैरकर राजस्व २१ अर्ब १९ करोड रुपैयाँ उठाएको छ । यो दुइ महिनामा सरकारले कुनै पनि वैदेशिक अनुदान पाएको छैन । अन्य प्राप्ति अन्र्तगत भने ३ अर्ब १३ करोड रुपैयाँ उठाएको छ ।
दुइ महिनामा सरकारले ७.३९ प्रतिशत बजेट खर्च गरेको छ । यो भनेको १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ हो । सरकारले चालुवर्ष १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य लिएको छ ।बाह्य अर्थतन्त्रको उच्च सुधार भएको नेपालले आन्तरिक अर्थतन्त्रमा भने खासै सुधार गर्न सकेको छैन । विशेष गरी सरकारको आफ्नौ आम्दानी राजस्वको सुधार हुन सकेको थिएन । तर यो दुइ महिनाको तथयांकले भने गत वर्ष भन्दा यो बर्ष राजस्वमा सुधार आउने संकेत गरेको छ ।
प्रतिक्रिया