२०८० चैत ०६ गते
काठमाडौँ । आज चैत्र ६ गते बाट सर्वोत्तम सिमेन्ट (SARBTM) को शेयर दोस्रो बजारमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको हो ।
कम्पनीको शेयर चैत ५ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको शेयर यस समाचार तयार पार्ने समय सम्ममा सकारात्मक सर्किट लागेर ६११.६ रुपैयाँ पुगेको छ । यस समय कम्पनीको शेयर माग संख्या २३ लाख बढी छ भने शेयर बिक्रेता संख्या शून्य छ । यसले कम्पनीको शेयर अझै केहि दिन सकारात्मक सर्किट लाग्ने देखाउँछ ।
प्रतिक्रिया