साताको अन्तिम कारोबार दिन एकल अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

२०८१ मंसिर १३ गते

साताको अन्तिम कारोबार दिन एकल अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौँ। केहि दिन देखि लगातार दोहोरो अंकले बढेको नेप्से बिहिबार भने एकल अंकले घटेको छ । आज नेप्से परिसूचक ८ . ३० विन्दुले घटेर २७४८.०५ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ० . ३० प्रतिशतले घटेको हो ।

यस दिन नेप्सेका १३ उपसमूहमध्य १० उपसमूहका परिसूचक घटेका छन् भने दुई उपसमूहको परिसूचक बढेका छन् । बिहिबार पनि सर्वाधिक बढ्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ९. ९५ प्रतिशतले बढेको छ । हिजो बुधबार पनि ब्यापार उपसमूहनै सबै भन्दा बढी ९ . २७ प्रतिशतले बढेको थियो ।  त्यस्तै विकास बैंक उपसमूह १ . ०५ प्रतिशत तथा जीवन बीमा उपसमूह ० . ४७  प्रतिशतले बढेका छन् । यस दिन सर्वाधिक घट्ने उपसमूहमा हाइड्रोपावर उपसमूह रह्यो जसको परिसूचक १ . ५८ प्रतिशतले घटेको छ।

नेप्से परिसूचक घटेसँगै बिहिबार कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ९ अर्ब ३१ करोड बराबर शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ८३ हजार ३ सय २७ पटकको कारोबारमा ८ अर्ब ५४ करोड बराबरको किनबेच भएको छ । जसमा ४९ कम्पनीका शेयर बढेका छन् भने १४९ कम्पनीका शेयर घटेका छन् ।

यस दिन सर्वाधिक बढ्नेमा विशाल बजार र वेअन नेपाल लघुवित्त रह्यो जसको शेयर समान दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा मानुषी लघुवित्त रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एक्सेल डेवलपमेन्ट बैंक रह्यो जसको ३१ करोड आठ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा पनि एक्सेल डेवलपमेन्ट बैंक  नैरह्यो जसको चार लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ।