साताको अन्तिम कारोबार दिन झिनो अंकले घट्यो नेप्से

२०८० पुस १२ गते

साताको अन्तिम कारोबार दिन झिनो अंकले घट्यो नेप्से

काठमाडौँ   यो साताको अन्तिम कारोबार दिन पनि नेप्से झिनो अंकले घटेको छ । बिहिवार  नेप्से परिसूचक १.९३  अंकले घटेर २०६८.९० मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से सोमबार अन्ततः ०.०९ प्रतिशतले घट्न पुगेको हो ।

बजारमा आज ४.२९ अर्व रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जसमा १०३ कम्पनी बढेका छन् भने १३५ कम्पनी घटेका छन् । यसैगरी ८ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार घटेता पनि यो भिजन लुम्बिनी उर्जा कम्पनी को शेयरमा १० प्रतिशतको उछाल आएको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स रह्यो भने सर्वाधिक शेयर कारोवार एचडिएचपीसी  रह्यो ।