साताको अन्तिम कारोबार दिन शेयरबजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा वृद्धि

२०८१ मंसिर २७ गते

साताको अन्तिम कारोबार दिन शेयरबजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा वृद्धि

काठमाडौँ। साताको अन्तिम कारोबार दिन शेयर बजारमा ठूलो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३३.४२ विन्दुले घटेर २६८२.२९ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.२३ प्रतिशतले घटेको हो ।

यस दिन नेप्सेका १३ उपसमूहमध्य दुई उपसमूहका परिसूचक बढेका छन् भने बाँकी ११ उपसमूहका परिसूचक घटेका छन् । बिहिबार सर्वाधिक बढ्नेमा म्युचुवल फण्ड उपसमूह रह्यो जसको परिसूचक ०.३९ प्रतिशतले बढेको छ । त्यस्तै यस दिन सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स उपसमूहमा रह्यो जसको परिसूचक २.६४ प्रतिशतले घटेको छ।

नेप्से परिसूचक घटेपनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन पाँच अर्ब ५ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको ६७ हजार एक सय २८ पटकको कारोबारमा छ अर्ब १४ करोड बराबरको किनबेच भएको छ । जसमा ४० कम्पनीका शेयर बढेका छन् भने २०४ कम्पनीका शेयर घटेका छन् ।

यस दिन सर्वाधिक बढ्नेमा त्रिशुली जलविद्युत कम्पनी रह्यो जसको शेयर ८.५५ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा जानकी फाइनान्स रह्यो जसको शेयर ७.४१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा जानकी फाइनान्स रह्यो जसको २६ करोड १२ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा जोशी हाइड्रोपावर रह्यो जसको तीन लाख ५२ हजार कित्ता शेयर किनबेच भएको छ।