शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम पनि घट्यो

२०८१ वैशाख १० गते

शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौँ । यस हप्ताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १६.८३ अंकले घटेर १९६७.६० अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७७ प्रतिशतले बढ्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य एक उपसमूहको परिसूचक बढेको छ भने अन्य १२ उपसमूहको परिसूचक घटेका छन् । सोमबार एक मात्र बढ्ने उपसमूहमा म्युचुवल फन्ड रह्यो जसको परिसूचक ०.०२ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.१० प्रतिशतले घटेको छ ।

नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन २ अर्ब २५ करोड ९९ लाख ५९ हजार चार सय ५६ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा यस दिन ३२० स्टकको ३८ हजार पाँच सय ५२ पटकको कारोबारमा २ अर्ब ५ करोड ८३ लाख ५ हजार एक सय ८५ रुपैयाँ बराबरको ५६ लाख५६ हजार २ सय ८२ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ४९ वटा कम्पनी बढेका छन् भने १८६ वटा कम्पनी घटेका छन् । यसैगरी १० वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा पिपुल्स पावर लिमिटेड रह्यो जसको शेयर ६.९१ प्रतिशतले बढेको छ । सर्वाधिक घट्नेमा भने डोल्टि पावर कम्पनी रह्यो जसको शेयर ७.३७  प्रतिशतले घटेको छ ।
सोमबार सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा गुर्खाज फाइनान्स रह्यो जसको ११ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा जोशी हाइड्रोपावर रह्यो जसको २ लाख ७९ हजार ५ सय ६३ कित्ता शेयर किनबेच भएको छ ।