शेयर बजार झिनो अंकले घट्यो

२०८० माघ ०९ गते

शेयर बजार झिनो अंकले घट्यो

काठमाडौँ  साताको तेस्रो कारोबार दिन नेप्से झिनो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.०१ प्रतिशतले घट्न पुगेको हो ।

आज शेयर बजार संगै कारोबार रकम पनि घटेको छ ।  यस दिन नेप्सेमा ४.२९ अर्व बढीको शेयर किनबेच भएको छ । जसमा १०३ कम्पनी बढेका छन् भने १३७ कम्पनी घटेका छन् । यसैगरी ८ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार घटे पनि चन्द्रागिरी हिल्स र नेपाल ल्युव आयल कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज पनि सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि हिमालयन रिइन्सुरेन्स नै रह्यो ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.७४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, लगानी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ।