शेयर बजारमा २२.३६ अंकको गिरावट, घटेको बजारमै सर्वाधिक कमाउनेमा विन नेपाल लघुवित्त

२०८१ असोज १३ गते

शेयर बजारमा २२.३६ अंकको गिरावट, घटेको बजारमै सर्वाधिक कमाउनेमा विन नेपाल लघुवित्त

काठमाडौं। आइतबार शेयर बजारमा २२.३६ अंकले गिरावट आएको छ । शेयर बजार २३.१० अंकले घटेर २,४६४ को विन्दुमा कायम भएको छ ।

यसदिन ४६ कम्पनीको शेयर मूल्य बढेको छ र १९३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन कारोबार रकम खुम्चिएर ४अर्ब ५ करोडको कारोबार भएको हो ।

अधिकांश कम्पनीको घट्दा पनि वीन नेपाल लघुवित्तको लगानीकर्ताले सर्वाधिक कमाएको छ । उक्त कम्पनीको यसदिन ६.५५ प्रतिशतका दरले बढेको छ ।यसदिन सबैभन्दा धेरै अपर स्याङ्गेको लगानीकर्ताले सर्वाधिक गुमाएका छन । उक्त कम्पनीको ९.९९ प्रतिशतका दरले घटेको छ ।

यसैगरी यस दिन ३२७ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा हेर्दा १५ करोड ९२ लाख रुपैयाँभन्दा बढीसहित एनएलजी इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र अपि पावर परेका छन् ।