२०८० माघ २३ गते
काठमाडौँ । मंगलबार शेयर बजारमा केहि सुधार आएको छ । यस दिन नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४५ प्रतिशतले बढ्न पुगेको हो ।
बजारमा आज २.५९ अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा १८१ कम्पनी बढेका छन् भने ५७ कम्पनी घटेका छन् । यसैगरी ९ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज शेयर बजार बढेसँगै समाज लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । सो लघुवित्तको शेयरमूल्य यस दिन ६९ रुपैयाँ ३० पैसा बढेर ७६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, यस दिन सर्वाधिक घट्ने कम्पनीमा साम्लिङ्ग पावर रह्यो जसको शेयर १० प्रतिशतले घट्न पुगेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा एनयमबी सुलभ इन्वेस्टमेण्ट फण्ड २ रह्यो ।
प्रतिक्रिया