शेयर बजारमा भारी अंकको गिरावट, कारोबार रकम पनि घट्यो

२०८० चैत ०१ गते

शेयर बजारमा भारी अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ साताको अन्तिम कारोबार दिन शेयर बजारमा भारी अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.३२ प्रतिशतले बढ्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उपसमूहको परिसूचक घटेका छन् भने बाँकि । यस दिन सर्वाधिक घट्नेमा लाइफ इन्स्योरेन्स उपसमूह रह्यो जसको परिसूचक २.६५ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै कारोबार रकम पनि घटेर आज ३.९४ अर्बबढीको शेयर किनबेच भएको छ । जसमा ४४ वटा कम्पनी बढेका छन् भने १९६ वटा  कम्पनी घटेका छन् । यसैगरी ४ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा वेअन नेपाल लघुवित्त र मानुषी लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । बिहिबार सर्वाधिक घट्ने कम्पनीमा स्वाभिमान लघुवित्त रह्यो जसको शेयरमा ६.०२ प्रतिशतको गिरावट आएको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा अप्पर तामाकोशी हाइड्रो पावर रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि अप्पर तामाकोशी हाइड्रो पावरनै रह्यो ।