२०८१ वैशाख ३१ गते
काठमाडौँ । साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.२३ प्रतिशतले बढ्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य आठ उपसमूहको परिसूचक बढेका छन् भने बाँकी पाँच उपसमूहका परिसूचक घटेका छन् । सोमबार सर्वाधिक बढ्नेमा बैंक उपसमूह रह्यो जसको परिसूचक ३.२१ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्ने उपसमूहमा होटल तथा पर्यटन उपसमूह रह्यो जसको परिसूचक ०.४४ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया