२०८१ जेठ २७ गते
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेको छ । यस दिन नेप्से ४.५९ अंकले घटेर २०७३.१९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२२ प्रतिशतले घटेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य पाँच वटा उपसमूहको परिसूचक बढेको छ भने अन्य आठ उपसमूहको परिसूचक घटेका छन् । आइतबार सर्वाधिक बढ्ने उपसमूहमा होटल तथा पर्यटन रह्यो जसको परिसूचक २.९२ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा व्यापार उपसमूह रह्यो जसको परिसूचक १.५४ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया