२०८१ असार २६ गते
काठमाडौँ । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से २३.२५ अंकले बढेर २१७५.४० अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.०८ प्रतिशतले बढेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य १२ वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य एक उपसमूहको परिसूचक घटेका छन् । बुधबार सर्वाधिक बढ्नेमा बैंक उपसमूह रह्यो जसको परिसूचक १.६९ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा विकास बैंक उपसमूह रह्यो जसको परिसूचक ०.२९ प्रतिशतले घटेको छ ।
नेप्से बढेसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१६ वटा स्टकको ७२ हजार ७ सय १४ पटकको कारोबारमा ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको एक करोड ५२ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १९४ वटा कम्पनी बढेका छन् भने ४६ वटा कम्पनी घटेका छन् । यसैगरी ५ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा बलेफी हाइड्रोपावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा बुद्ध भुमि नेपाल हाइड्रोपावर रह्यो जसको शेयर ५.४७ प्रतिशतले घटेको छ ।
मंगलबार सर्वाधिक रकमको कारोबार गर्नेमा हाथवे इन्भेस्टमेन्ट नेपाल रह्यो जसको १५ करोड ८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा लक्ष्मी उन्नति कोष रह्यो जसको १० लाख ७ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया