शेयर बजारमा लगातार दोहोरो अङ्कको सुधार, कारोबार रकममा पनि वृद्धि

२०८१ चैत १४ गते

शेयर बजारमा लगातार दोहोरो अङ्कको सुधार, कारोबार रकममा पनि वृद्धि

काठमाडौँ।  साताको अन्तिम कारोबार दिन पनि शेयर बजार दोहोरो अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ४१.६७ विन्दुले बढेर २६६३.५४ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.५८ प्रतिशतले बढेको हो ।

नेप्स परिसूचक बढेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन चार अर्ब २० करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ५५ हजार चार सय ४२ पटकको कारोबारमा पाँच अर्ब २२ करोड बराबरको किनबेच भएको छ । जसमा २२७ कम्पनीका शेयर बढेका छन् भने १६ कम्पनीका शेयर घटेका छन् ।

बिहिबार सर्वाधिक बढ्ने स्टकमा गुराँस लघुवित्त र श्रृजनशील लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा कुमारी सवल योजना रह्यो जसको शेयरमा १.८२ प्रतिशतको गिरावट आएको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रह्यो जसको ५१ करोड १८ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सानिमा ग्रोथ फन्डको शेयर रह्यो जसको पाँच लाख आठ हजार कित्ता शेयर किनबेच भएको छ।