२०८१ असोज ०२ गते
काठमाडौँ। यस हप्ताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचकमा गिरावटले नै निरन्तरता दिएको छ । विगत दुई दिन लगातार ५० अंकभन्दा बढीले घटेको शेयर बजार बुधबार भने ४ अंक मात्रले घटेर २५७६.७६ विन्दुमा पुगेको छ। बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.१५ प्रतिशतले घटेको छ।
बुधबार नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.७६ प्रतिशत र निर्जीवन बीमा उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको हो। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशत घटेको छ।
नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि निरन्तर ओरालो लागेको छ । यस दिनको कारोबार रकम पछिल्लो करिब साढे २ महिना यताकै न्यून कारोबार हो। यस अघि गत असार २६ गते नेप्सेमा ५ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको थियो।
बुधबार सर्वाधिक रकमको कारोबार गर्नेमा सीइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रह्यो जसको २० करोड ५८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा कुमारी बैंक रह्यो जसको ५ लाख ७ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया