शेयरबजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से परिसूचक २६ सय विन्दुभन्दा माथि

२०८१ माघ ०६ गते

शेयरबजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से परिसूचक २६ सय विन्दुभन्दा माथि

काठमाडौँ। साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १२ . ५८ अङ्कले बढेर २६०१ . २१ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०. ४८ प्रतिशतले बढेको हो ।

यस दिन नेप्सेका दशवटा उपसमूहका परिसूचक बढेका छन् भने बाँकि तीन  उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.३२ प्रतिशतले बढेको छ। त्यसै गरी सर्वाधिक घट्ने उपसमूहमा म्युचुवल फन्ड उपसमूह रह्यो जसको परिसूचक ० .४६ प्रतिशतले घटेको छ।

नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन पाँच अर्ब ९३ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२५ स्टकको ७२ हजार पाँच सय ४० पटकको कारोबारमा छ अर्ब २५ करोड रुपैयाँ बराबरको किनबेच भएको छ । जसमा १६१ कम्पनीका शेयर बढेका छन् भने ६८ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी चार कम्पनीका शेयर स्थिर रहेका छन् ।

आइतबार सर्वाधिक बढ्नेमा बोटलर्स नेपाल बालाजु रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा सुपर मादी हाइड्रोपावर रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एन आर एन इन्फ्रास्ट्रक्चर एंड डेवलपमेंट लिमिटेड रह्यो जसको २६ करोड ८५ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा कुमारी बैंकको प्रमोटर शेयर रह्यो जसको दुई लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ।