२०८० पुस ०९ गते
काठमाडौं । सिन्धुलीमा दुई जनाको मृत्यु हुनेगरी मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगो लगाएका छन् । सिन्धुली सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएका हुन् ।
आज बिहान उक्त बसले बा.६० प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक रामेछापको मन्थली नगरपालिका–१३ बस्ने २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राईको मृत्यु भएको थियो ।
दुर्घटना स्थलमा इन्स्पेक्टर सविता केसी नेतृत्वको टिम परिचालन गरिएको छ ।
प्रतिक्रिया