सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०८१ मंसिर १२ गते

सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ। आज सोल्टी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। होटलको बुक क्लोज मिति १३ गतेदेखि पुस ४ गतेसम्म रहेको छ । जस अनुसार आजसम्म कारोबार गर्ने शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

सोल्टी होटलले आफ्नो चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २६. ८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

सो लाभांश प्रस्ताव पारित गर्न होटलले पुस ४ गते बिहान ११ बजे काठमाडौँको नेपाल प्रज्ञा भवन, कमलादीमा ५० औँ वार्षिक साधारण सभा बोलाएको छ ।