श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

२०८१ साउन २३ गते

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले मिन बहादुर कार्कीको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।